वीरगन्ज,वीरगन्जमा चिडियाखाना स्थापना गर्नको लागि प्रारम्भिक अध्ययनको काम पुरा भएको छ । साउन ३ गते गठन भएको कार्यदलले प्रस्तावित क्षेत्रको स्थलगत अवलोकन गरेर काठमाण्डौं फर्किएको छ ।

कार्यदलले वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ३१ को सोलखपुर र वडा नम्बर ३२ को रामवन क्षेत्रमा प्रस्तावित प्राकृतिक चिडियाखाना स्थापना गर्न उपयुक्त हुने सुझाव दिएको छ । आवश्यक भौतिक पूर्वाधार, वन्यजन्तुका लागि बासस्थान उपयुक्तता, सरोकारवालाको चाहना, पर्यटकीय सम्भावना, प्रस्तावित परियोजनाले समुदायमा पार्ने असरबारे प्रारम्भिक विश्लेषण लगायतका न्यूनतम आधारभूत परिमाणबारे प्रारम्भिक अध्ययन सकेको हो ।

चिडियाखाना प्रस्ताव गरिएको सवैया साझेदारी वनले पर्सा जिल्लाभरको वन क्षेत्रको ३१८८.५९९ हेक्टर ओगटेको छ । चिडियाखानाको क्षेत्रफल ४५ हेक्टर प्रस्ताव गरिएको छ । सवैया वनमा साल, कर्मा, अस्नालगायतका रूख प्रजाति छन् भने बाघ, चित्तल, खरायो, दुम्सी, वन बिरालो, पुड्के बँदेल, चौकालगायतका वन्यजन्तु पाइन्छन् । प्रस्तावित चिडियाखानाको सिमाना पर्सा निकुञ्जको जनहित मध्यवर्ती क्षेत्र इकाइअन्तर्गत जनजागरण मध्यवर्ती सामुदायिक वनको सिमानासँग जोडिएको छ । प्रस्तावित चिडियाखाना क्षेत्र सवैया साझेदारी वन क्षेत्रको अनुत्पादक ब्लकका रूपमा रहेको र प्रस्तावित सिमानाभित्र ४० वटा संरचनासहित अन्दाजी साढे तीन हेक्टर क्षेत्र अतिक्रमणमा परेको प्रतिवेदनमा उल्लेख छ ।

असार तेस्रो साता वन तथा वातावरणमन्त्री नियुक्त भएलगत्तै प्रदीप यादवले गृहनगर वीरगन्जमा प्राकृतिक चिडियाखाना बनाउने घोषणा गर्नुभएको थियो । लगत्तै मन्त्री यादव, मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह बीच वीरगन्जमा चिडियाखाना खोल्ने सहमति भएको थियो । सहमति अनुसार मन्त्री यादवले चिडियाखाना बनाउने क्षेत्रको अध्ययन गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वको साउन ३ मा कार्यदल बनाउनुभयो । कार्यदलमा मधेस प्रदेशका प्रदेश वन निर्देशक जगन्नाथप्रसाद जैसवाल, वीरगन्ज महानगरका निमित्त प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, डिभिजन वन कार्यालय, पर्साका प्रमुख सुभासचन्द्र दास, पर्सा निकुञ्जका प्रमुख मनोज साह, वन तथा भू–संरक्षण विभागकी सहायक वन अधिकृत सवनम पाठक, राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फबाट वन्यजन्तुविज्ञ चिरञ्जीवी पोखरेल सदस्य र विभागका सहायक योजना अधिकृत पेम्बा शेर्पा सदस्य सचिव छन्  ।

कार्यदलले प्राकृतिक चिडियाखाना स्थापना गर्न करिब ५ अर्ब रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ । चिडियाखाना प्रस्ताव गरिएको सवैया साझेदारी वनले पर्सा जिल्लाभरको वन क्षेत्रको ३१८८.५९९ हेक्टर ओगटेको छ । चिडियाखानाको क्षेत्रफल ४५ हेक्टर प्रस्ताव गरिएको छ । सवैया वनमा साल, कर्मा, अस्नालगायतका रूख प्रजाति छन् भने बाघ, चित्तल, खरायो, दुम्सी, वन बिरालो, पुड्के बँदेल, चौकालगायतका वन्यजन्तु पाइन्छन् ।

प्रस्तावित चिडियाखानाको सिमाना पर्सा निकुञ्जको जनहित मध्यवर्ती क्षेत्र इकाइअन्तर्गत जनजागरण मध्यवर्ती सामुदायिक वनको सिमानासँग जोडिएको छ । निकुञ्जको नजिकको पूर्वी दक्षिणी सिमाना भेडाहा खोला फायरलाइन बीचको दूरी करिब ८ किमि छ । सिमरा विमानस्थलदेखि करिब ६ किमि पश्चिममा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here