वीरगञ्ज,वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीविर्ताका स्थानीयले गाँउमा गाईको बाछो काटेर खानेहरुविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् ।सुगौलीविर्ताका शिवशंकर प्रसाद, मुनिलाल कुमार राउत, जयआशीष प्रसाद, सुमितकुमार पटेल,परशुराम पटेल, प्रदुमन राम, मुकेश पटेल लगायतले सोमवार जिल्ला प्रहरी कार्यालय पर्सामा संयुक्त रुपमा उजुरी दिएका हुन् ।

सुगौलीविर्ताकै समफु अन्सारी,जोखन अन्सारी,नसरुद्धिन अन्सारीसहित ४ जनाले सडकमा छाडा छाडिएका गाईका बाच्छा काटेर खाने गरेको भेटिएकाले उनीहरु विरुद्ध नेपालको प्रचलित कानुन अनुसार कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको हो ।

उजुरीमा भनिएको छ– सुगौललीविर्ता गाँउमा केहि दिनदेखि सडकमा ५ वटा बाच्छा बेवारिसे अवस्थामा रहेका थिए । तीमध्ये ३ वटा बाच्छा एकाएक गायव भएको र आइतवार साँझ आरोपितमध्येका नसरुद्धिनसहितका दुई जना व्याक्तिले एउटा बाछो समातेर आफनो घरतर्फ लैजााने क्रममा स्थानीयले देखेपछि होहल्ला गरेका थिए ।त्यसपछि नसरुद्धिनसहितका व्याक्ति बाच्छो छाडेर फरार भएका थिए । त्यसपछि स्थानीयले हराएका ३ वटा बाछाको बारेमा खोजी गर्ने क्रममा आइतवार साँझ नै एउटा बाछो आरोपित मध्येका समफु अन्सारीको घरमा जिउँदै भेटिएको थियो । यसबारेमा अन्सारीसंग सोधखोजी गर्दा आरोपितहरुले गायब भनिएका बाच्छाहरु आँफुहरुले काटेर खाएको स्वीकार गरेका थिए ।
नेपालको राष्ट्रिय जनावर तथा हिन्दु धर्ममा माताको रुपमा मानिने गाईका बाछा काटेर खानेहरुलाई यथशीघ्र पक्राउ गरेर कानुन अनुसार कारबाही गर्नुपर्ने प्रहरीमा दिइएको उजुरीमा उल्लेखछ ।

Leave a Reply