नरेश गुप्ता

बरियारपुर,नेपाल लेखापढी व्यवसायी संघ बाराले सेवाग्राहीसंग मनोमानी शुल्क उठाउदै आएको गुनासो छ ।

नेपाल लेखापढी व्यवसायी संघ बारामा आवद्ध लेखनदासहरुले एउटा रजिष्ट्रेसन फरमको शुल्क २ सय ५०, रजिष्टेसन पास गरेबापत लाग्ने ३ हजार र थप एक सय गरि तीन हजार एक सय लिने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन ।

भूमिसुधार तथा मालपोत कार्यालय बारामा बिगतका दिनमा रजिष्ट्रेसन फारमको ८० रुपैया लिने गरिएको थियो । तर एकाएक नेपाल लेखापढी व्यवसायी संघले बिना निर्णय शुल्क बढाएर सेवाग्राहीसंग रकम असुल्न थालेका हुन ।

लेखापढी व्यवसायी संघले मनोमानी शुल्क उठाएको सम्बन्धमा भूमिसुधार तथा मालपोत कार्यालय बाराको प्रमुख गोपालप्रसाद बरालले जग्गा रजिष्ट्रेसनको लागि तीन हजार लिने गरेको तथा त्यसको रसिद दिने गरेको प्रतिक्रिया दिनुभयो । भूमिसुधार तथा मालपोत कार्यालय बारामा कर्मचारीहरुद्वारा सेवाग्राहीसंग बिना नजरानाको काम नगर्ने एक सेवाग्राहीले बताए ।

त्यसैगरी भूमिसुधार तथा मालपोत कार्यालय बाराले दिदै आएको जग्गाको हकदाबी सम्बन्धी ३५ दिने सूचना सम्बन्धित शाखाका कर्मचारीले लेखनासमार्फत नै सेवाग्राहीसंग रकम लिने गरिएको पाइएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय बाराका कर्मचारीले जग्गा रोक्का, नामसारी, रजिष्ट्रेसन, मोही लगत कट्टा लगायतको काममा सेवाग्राहीहरुसंग मनोमानी रकम असुल्दै आएका छन ।

Leave a Reply