वीरगञ्ज,वीरगञ्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर चोकबाट प्रहरीले ना.५ ख ६७४७ नम्बरको ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिनुभएको छ ।उहाँकाअनुसार विलविजकभन्दा बढीका खुद्रा तथा औषधी लोड गरी वीरगञ्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ट्रक नियन्त्रणमा लिइएको हो ।ट्रकबाट ३७ लाख ५२ हजार ८८६ रुपैयाँ भन्दा बढीका खुद्रा सामानहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभएको छ ।



















