निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ स्थित सरल वचत तथा ऋण सहकारी संस्थाकोे प्रथम साधारण सभाले प्रकाश सापकोटाको अध्यक्षतामा संस्थाको नयाँ संचलक समिति गठन गरेको छ ।

संस्थाको जेष्ठ सदस्य सितादेवी खडकाको अध्यक्षतामा भएको सो साधारण सभाबाट उपाध्यक्षमा गोरखबहादुर खडका, सचिवमा बबिन पौडेल, कोषाध्यक्षमा सिता ढकालर सदस्यहरुमा रामहरी वाग्ले, गोकुल तिमल्सिना, जगतबहादुर न्यौपाने, उमाकुमारी चौलागाई, दुर्गा भण्डारी चयन हुनुभएको छ ।

सो अवसरमा संचालक समितिका सदस्य गोकुल तिमल्सिनालाई निजगढ नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा निर्वाचित हुनु भएकोमा सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको सहकारी संस्थाका सचिव बबिन पौडेलले जानकारी दिनुभयो ।

निजगढ नगरपालिका ७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा साधारण सभाको आयोजना गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here