नेपाल अल्पविकसित मुलुक हो । यो भनेको पर्याप्त विकास भइनसकेको अवस्था हो र विकास हुनका लागि नेपाललाई अझै केही समय कुर्नु पर्दछ । विकास भनेको भौतिक पूर्वाधारहरुको सुधार र उन्नति मात्रै होइन हरेक कुरामा सकरात्मक प्रगति हुनु हो । आर्थिक रुपमा आम नागरिकहरु सवल भएको खण्डमा मात्रै विकास भएको ठानिनेछ न कि बाटोको स्तर उन्तति हुदैमा विकास भएको भने मानिने छैन ।
त्यसो त विश्वमा नेपालभन्दा गरिब र नेपालभन्दा धनी मुलुकहरु पनि छन् । अब कुरा गरौं,यौन व्यवसायको । विश्वका धनी मुलुकमा पनि यो पेसामा संलग्न बढी महिला र केही पुरुष पनि भेटिन्छन् ।
यसको मतलब उनीहरु गरिब भएर यो पेसामा लागेका हुने भन्ने चाही अवश्य नै होइन । त्यहाँको कुरा फरक होला तर नेपाल अझै तराई मधेशको सवालमा कुरा गर्ने हो भने यौन व्यवसायमा लाग्नुको कारण गरिबी हुन सक्छ । गरिबीका कारण केही दलाल र अन्य स्वार्थ बोकेकाहरुले आश देखाएपछि रहर वा बाध्यता दुबैले महिलाहरु यसमा लाग्न बाध्य छन् ।
त्यसैले पनि गरिबी हट्दैमा यौन व्यवसाय त हट्दैन तैपनि बारा जस्ता जिल्लाको सवालमा गरिबीलाई नियन्त्रण गर्न सकियो भने चाहीं केही न केही हदसम्म नियन्त्रणमा ल्याउन त सकिएला । यौन ब्यवसायलाई हाम्रो समाजमा संकुचित रुपमा हेरिएका कारण पनि अलि समस्या भएको हो । निश्चित क्षेत्र तोकेर संचालन गर्न दिने हो भने फेरि यो पनि एउटा व्यवसाय नै हो । हाम्रो देशमा बेश्यावृत्ति भनिने यो पेसालाई विश्वका धेरै देशमा व्यवसायको रुपमा अंगालिएको छ । त्यसैले यतातर्फ पनि हाम्रो देशको सरकारले ध्यान दिन आवश्यक छ ।