मनोज साह

जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को कतोर्वामा स्थानीय विष्णु भट्टराईले अवैध रुपमा पोखरी संचालनमा ल्याएका छन ।

स्थानीय पालिका र घरेलु उद्योग कार्यालयमा दर्ता गरेर संचालन गर्नुपर्ने भए पनि भट्टराईले स्थानीय प्रहरी प्रशासनको मिलिमतोमा सो पोखरीलाई स्वीमिङ्ग पुलको रुपमा संचालनमा ल्याएका हुन । संचालकले पोखरीमा पौडी खेल्न आउनेहरुसंग एक पटकमा ५० रुपैया लिने गरेको र दैनिक ५ देखि १० हजार रुपैयासम्म संकलन गर्ने गरेको स्थानीयले बताएका छन ।

दर्ता नगरी संचालन गरिएको सो पोखरीमा पौडी खेल्न आउनेहरुसंग असुलेको रकमकोे रसिदसमेत नदिने स्थानीय रामप्रबेश गुप्ताले बताउनुभयो । १० कट्ठा क्षेत्रफलमा रहेको सो पोखरी आफूले १० लाख खर्च गरेर तयार गरेको भट्टराईले बताएका छन ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा १६ का वडा अध्यक्ष हरिदेव खरेलले अवैध रुपमा पोखरी संचालन भएको बारेमा आफुले पनि सुनेको र त्यसलाई कानुनी दायरामा ल्याइने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here