सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ निवासी राजिवकुमार सापकोटाको उपचारमा सहयोग गर्ने उद्देश्यले सिमरामा साङगितिक कार्यक्रमको आयोजना गरेर आर्थिक संकलन गरिएको छ ।

द योङ निति ब्याण्ड, हि पप तराई, सिमरा युवा समाज लगायत विभिन्न संघसस्थाको संयुक्त आयोजनामा सिमरा चौकमा साङगितिक कार्यक्रमको आयोजना गरिएको हो । सापकोटाको पौडी खेल्ने क्रममा लडेर गत बैशाख ३१ गते मेरुदण्ड भाँचिएको थियो ।

सापकोटाको उपचारमा सहयोग गर्ने उद्देश्यका साथ आयोजित साङगितिक कार्यक्रममार्फत ३९ हजार ५ सय रुपैयाँ संकल्न भएको छ ।

सापकोटाको अहिले काठमाण्डौंको सुस्मा कोईराला मेमोरियल हस्पिटलमा भईरहेको बुबा बेदप्रसाद सापकोटाले जानकारी दिनुभयो । १६ वर्षिय सापकोटाको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ । भरतपुर अस्पतालमा उपचार हुन नसकेपछि सापकोटालाई काठमाण्डौं लगिएको थियो ।

बुबा बेदप्रसादले आँफुहरुको पारिवारिकस्थिति कमजोर रहेका कारण छोराको उपचार गर्न पनि समस्या भइरहेको बताउनुभयो ।

Leave a Reply