कलैया,प्रहरीले स्रोत नखुलेको नगद १६ लाख रुपैयाँसहित एकजना भारतीय नागरिकलाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीया रन्देश कुशवाहा रहेका छन् ।

बिआर २२ एन ५०१४ नम्बरको मोटरसाइकलमा सबार उनलाई कलैया उपमहानगरपालिका वडा नम्बर– १० मटिअर्वा नहर चोकबाट बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १ हजार दरको १ हजार ३ सय थान र ५ सय दरको ६ सय थान गरी जम्मा १६ लाख रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here