नरेश गुप्ता

बरियारपुर,रेडियो वीरगन्जका प्रवन्ध निर्देशक ध्रुब साहले नेपाल पत्रकार महासंघ बारा शाखालाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्नुभएको छ । कोभिड १९ को दोस्रो कहर बढ्दै गएकोले पत्रकारको सुरक्षा र हकहितको लागि निर्देशक साहले ४ सय थान मास्क र पच्चीस डब्बा सेनिटाजाईअर उपलब्ध गराउनुभएको हो । साहले नेपाल पत्रकार महासंघ बाराको उपाध्यक्ष रामबाबु मेहतालाई मंगलबार उक्त सामग्री हस्तान्तरण गर्नु भएको थियो । संचारकर्मी साहले आफ्नो व्यक्तिगत लगानीबाट प्रदेश नम्बर २ का आठै वटा जिल्लामा कार्यरत संचारकर्मीहरुको सुरक्षाको लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताउनुभएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै साहले कोरोना महामारीको अवस्था दिनुहँ बढ्दै गएकोले सुरक्षा सतर्कता अपनाएर समाचार सम्प्रेषण गर्न पनि पत्रकारहरुलाई आग्रह गर्नुभएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ बाराका सचिव अनिलकुमार गौरव, कार्यसमितिका सद्स्य नरेश गुप्ता, अनिल पाण्डे र पन्नालाल दास लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply