लोकतन्त्र विश्वको सर्वोउत्कृष्ट शासन प्रणाली हो । नेपाल जस्ता सयौं मुलुकहरुले आज लोकतन्त्रको स्वाद चाखिरहेका छन् । नेपालमा लोकतन्त्र अझै नगगरिकहरुको घर दैलोमा पुग्न नसके पनि लोकतन्त्रको विकल्प भने अरु हुनै सक्दैन र लोकतन्त्रको सुन्दर रुप भनेको निर्वाचन नै हो । लोकतन्त्र र गणतन्त्रमा निर्वाचन सुन्दर पक्ष हो ।

निर्वाचनमा भने गलत गर्नेहरु पनि थिए र छन् पनि तर पछिल्लो समयमा भने फरक भएको छ । अहिले भने कसैले चाहेर पनि निर्वाचनको गलत अभ्यास गर्न सक्ने अवस्था कम छ । तर पनि यस्तो अभ्यास नहोला भन्न सकिन्न । बारामा चुनावी माहौल बन्दै गएको कुरा आएको छ र यो एकदमै राम्रो पक्ष हो ।

अब निर्वाचन गर्ने समय पनि भएको छ । निर्वाचन दलहरुको दाउपेचको आधारमा हुने गरे पनि अब स्थानीय र संघीय तथा प्रदेशको निर्वाचन हुन आवश्यक देखिन्छ र अब यो समय टाढा नभएको पनि समयले स्ष्ट देखाएको छ । राजनीतिक दलहले स्वच्छ हिसावले चुनावी कार्यक्रम गर्नु स्वभाविक र जायज पनि हो । निर्वाचनलाई स्वच्छ, मर्यादित र प्रतिस्पर्धात्मक बनाउन मद्दत गर्नु पर्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here