दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको करैयामाई गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय सिहोर्वामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । करैयामाई युवा समाजको आयोजनामा भएको सो प्रतियोगितामा जिल्लाका विभिन्न पालिकामा ७ वटा सामुदायिक विद्यालयका छात्रछात्रा सहभागी रहेका थिए ।प्रतिगोगिता श्री गम्भीरा व्रजकिशोर माविले प्रथम स्थान प्राप्त गरेको छ भने श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईटहरले द्वितीय स्थान हासिल गरेको थियो ।
त्यसैगरी श्री भोला माध्यमिक विद्यालय गंभवानीपुरले तृतीय स्थान प्राप्त गरेको थियो ।प्रतियोगितामा श्री जनसामुदायिक विद्यालय मधुवन हरैया, श्री जनता माध्यमिक विधालय ककडी प्रसौना, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपरा, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईटहर र श्री ब्रज किशोर गम्भिरा बृजकिशोर माविका विद्यार्थीहरु सहभागी बनेका थिए ।
नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ठ अतिथिमा करैयामाई गाउँपालिका अध्यक्ष शम्भुप्रसाद यादव र उपाध्यक्ष सुनैनाकुमारी चौधरी रहनुभएको थियो भने आयोजक संस्थाका अध्यक्ष चाँदबाबु अंसारीको अध्यक्षतामा सो कार्यक्रम सम्पन भएको थियो

Leave a Reply