कृष्ण मोहन साह

सेढवा,पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दसौतास्थिति गण्डक नहरमा एक पुरुषको शव फेला परेको छ ।

भारतको पश्चिमी बेतिया जिल्ला चनपटिया ग्राम पन्चायत घर भइ हाल भारतको इनरवा बस्दै आएका ४० बर्षिय भोला साहको शव नेपाल÷भारतको दसगजा क्षेत्रमा फेला परेको प्रहरी चौकी जानकीटोलाका बरिष्ठ प्रहरी नायब निरीक्षक रन्जन सिंहले जानकारी दिनुभयो ।

मृत्युको कारण भने अझै नखुलेको प्रहरीले जनाएको छ ।

शवको मुचुल्का उठाएर पोष्टमार्टमको लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको र पोस्टमार्टमपछि लास आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो ।

Leave a Reply