जीतपुर,प्रहरीले भारतीय मालवाहक ट्रकबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुु औषध गाँजा बरामद गरेको छ ।मकवानपुरबाट वीरगञ्जतर्फ गईरहेको भारतीय बिआर २५ जिए १४५८ नं. को ट्रक चेकजाँचको क्रममा बाराको जीतपुरमा प्रहरीले २६२ केजी गाँजा फेला परेको हो ।प्रतिबन्धित लागु औधष गाँजा लुकाई छिपाई ल्याएको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजा सहितको ट्रक नियन्त्रणमा लिएको हो । फल्स बटम बनाई लुकाई राखेको गाँजा सहिको ट्रकलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरस्थित पथलैया वीरगञ्ज सडकखण्डबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।फरार सवारी चालक तथा धनीको समेत सूचना संकलन गरी खोजतलास भैरहेको बाराका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम् पाण्डेले जानकारी दिनुभयो । बिहीवार गाँजा सहितको ट्रक नियन्त्रणमा लिएको घटनाबारे प्रहरीले शुक्रवार मात्रै सार्वजनिक गरेको हो ।

Leave a Reply