सिमरा,बाराको जितपुरबाट १२ किलोग्राम गाँजासहित २ जनालाई प्रहरीले आइतवार पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जितपुरले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा एक युवकको साथबाट २ वटा पोकामा रहेको १२ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको हो ।

गाँजासहित चितवनको राप्ती नगरपालिका वडा नम्बर १२ निवासी २६ वर्षीय रामकुमार प्रजा र १८ वर्षीय युवराज प्रजालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमाथि लागुऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

Leave a Reply