कृष्णउदास खनाल
हेटौंडा –  नेपालमा भएका बिभन्न परिवर्तनका आन्दोदलनमा चारभाइ छोरा गुमाउनु भएकी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ कि ७० बर्षीया सभद्रा दर्नालको घर निर्माणको अन्तिम चरणमा पुगेको छ ।२०७६ साल भदौमा सुभद्रा दर्नालले झेल्नु भएको दर्दनाक ब्यथा केपा दैनिकमा प्रकाशित भएपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सुभद्र दर्नालको घर बनाइ दिने प्रतिबद्धता जनाएअनुसार मेयर महतकै अगुवइमा निर्माण शुरु भएको घर अन्तिम चरणमा पुगेको हो । मंसिर १५ गतेबाट निर्माण शुरु भएको घर अबको प्रन्ध दिनभित्र सकिने लक्ष्य लिइएको निर्माणमा संलग्नहरुले बताएका छन् ।

 

 

 

 

मेयर महतले सुभर्दा दर्नालको घर तीब्रगतिमा बनाउनका लागि निर्देशन दिए लगत्तै घर निर्माणको अन्तिम चरणमा पुगेको हो । घर घर छाउन मात्रै बांकी रहेको र प्रन्ध दिनभित्र घर बनाइ सक्ने लक्ष्य लिइएको बताइएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर महतले सुभद्रा दर्नाल आमाको घर निर्माण सम्पन्न गराएर उहांलाई घरभित्र छिटो बस्ने बातावरण बनाइ रहेको र उहां घरभित्र छिरेको दिनमा आफू बल्ल खुसी हुने बताउनुभयो । जीवनको अन्तिम समयमा राम्रो घरमा बस्न पाउने आफ्नो आशा पूरा भएकोमा सुभद्रा दर्नालले सबैलाई धन्यवाद दिनुभएको छ ।

 

 

 

 

 

 

स्मरणीय रहोस्,सुभद्रा दर्नालको पांचभाइ छोराहरु मध्ये जेठा र माइला २०४६ सालमा भएको आन्दोलनमा सहभागी हुनेक्रममा बेपत्ता भएका थिए भने कांइलो र कान्छो तत्कालिन माओवादीले संचालन गरेकोसशस्त्र संघर्षमा सहभागी हुनेक्रममा मारिएका थिए भने सांहिलो छोरा तीन बर्ष अगाडि बिरामी परेर निधन भएपछि र उहांको श्रीमान नेत्र बहादुर दर्नालको पनि चार बर्षअघि निधन भएपछि सुभद्रा एक्लै पर्नु भएको थियो ।

 

 

 

 

कृपा दैनिकमा खबर प्रकाशित भएपछि हेटौंडाका मेयर महतले सुभद्रा दर्नाललाई तत्कालिन समयमा पनि सहयोग गर्नु भएको थियो । उहांले यस बर्षको दशैं मनाउनका लागि सबै ब्यवस्था मिलाइ दिनुभएको थियो । मेयरको सहयोगले आफ्नो घरमा बषौंपछि दशैं आएको अनूभूति सुभद्राले सुनाइसक्नु भएको छ ।

Leave a Reply