नेपालको राजनीतिक दलहरुमा अहिले दुईखाले प्रवृत्ति देखिएको छ । पुराना भनिएका दलहरुमा कार्यकर्ता धेरै छन् भने नयाँ भनिएका दलहरुमा शुभचिन्तक बढी छन् । जसलाई अंग्रेजीमा फेन पनि भन्ने गरिन्छ । यी दुबै थरीका व्यक्ति वास्तवमा खतरनाक देखिन्छ ।कार्यकर्ताले आफ्ना नेताले जे गरेपनि सबै सही देख्ने प्रवृत्ति छ भने शुभचिन्तकहरु भने आफ्ना समर्थकको नेता वा पार्टीको आलोचना एकदमै सहन नसक्ने अवस्थामा पुगेको देखिन्छन ।काठमाडौंका मेयर बालेन्द्र साह, धरानका मेयर हर्क राई, स्वतन्त्र पार्टीका सभापित रबि लामिछानेका फेन धेरै छन् । उनीहरुको कार्यकर्ता कम छन् । बालेन र हर्कको त पार्टी नै छैन भनौं न तैपनि उनीहरुको शुभचिन्तक भने धेरै छन् । उनीहरुको शुभचिन्तकहरुको भाषा र शैली हेर्ने हो भने उनीहरुलाई आलोचना गर्न नै पाइदैन । जुन लोकतन्त्रका लागि घातक हो ।कार्यकर्ताहरुले देखाएको भन्दा बढी खतरनाक व्यवहार उनीहरुले देखाउने गर्दछन् । अन्धोभक्त समर्थक त उसैका लागि पनि घातक हो । तर हालका लागि यो कुरा कसैले पत्याउने कुरै भएन । कार्यकर्ता खराब भए भनेर के गर्ने राजनीतिक दलका समर्थकहरु झनै खतरनाक भएर निस्किएपछि कार्यकर्ताभन्दा शुभकिन्तक यसैपनि खतरनाक भएनन् र ?

Leave a Reply