सिकिन्द्र साह
सिम्रौनगढ,ग्लोबल आइएमी लघुवित्त संस्था सिम्रौनगढ शाखाले पचरौता नगरपालिका वडा नम्बर ३ श्रीनगर बैरियामा विपन्न तथा दलित परिवारमा किटनासक झुल वितरण गरेको छ ।
गरिव समुदायका ५० परिवारलाई भेला गराएर ग्लोबल लघुवित्त कार्यालय दहियार शाखाका अनुगम अधिकृृत सुदिप ढकालले झुल वितरण गर्नु भएको शाखा कार्यालय प्रमुख बालकृष्ण उप्रेतीले जानकारी दिनुभयो ।
झुल वितरण कार्यक्रममा संस्थाका कर्मचारीहरु कर्णेश राम, लोकेश यादव, दिपक ठाकुर र दिलिपकुमार यादवको समेत उपस्थिति रहेको थियो ।
२०७४ सालमा स्थापना भएको सिम्रौनगढ शाखाले २ हजार ४ सय २८ जना सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताइएको छ । कार्यालयले १ हजार चार सय उनन्तिस जना सदस्यलाई १६ करोड ३० लाख कर्जा प्रवाह गर्दै ५ करोड ३४ लाख बचत संकलन गरेको शाखा प्रमुख उप्रेतीले बताउनु भएको छ ।