नरेश गुप्ता
बरियारपुर –  बाराको महागढीमाई नगरपालिकाको कर्मचारीहरुले आफ्नो दैनिक कामकाज ठप्प पारी दोषीलाई कार्वाहीको मांग गर्दै धर्नामा बसेको छ । कर्मचारी एशोसियसन महागढीमाई ईकाई समितिले आफ्नो चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरि बिहिवार पनि बिहान १० बजे देखि कार्यलयको कामकाज ठप्प गरेको छन ।

 

 

 

 

बिगत फाल्गुन ९ गते राती नेपाली कांग्रेस र समाजवादी दल बिच भएको दोहरो झडपमा परि ढुङ्गा लागि महागढीमाई नगरपालिकामा कार्यरत कर्मचारी ट्रक्क्टर चालक साहेब यादव र धिरेन्द्र साह लहेरा घाईते भएको थियो । घाईते साहेबको उपचार न्युरो अस्पताल बिरगंजमा भैइरहेको छ ।

 

 

 

 

आफ्ना कर्मचारी कुटिएको र घाईते बनाएकोले दोषीलाई कार्वाहीको मांग राख्दै कर्मचारी एशोसियसनको रुसतम अजादको अध्यक्षतामा धर्ना बसेको सचिव रामबिशवास चौरसियाले बताए । आफ्ना मांग पूरा नभए आन्दोलनको कार्यक्रम अझै सशक्त पार्ने चौरसियाले बताए । महागढीमाई नगरपालिकाको दैनिक कामकाज ठप्प भएपछी सेवाग्राहीहरु मारमा परेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here