बिदुर खडका

सिमरा,खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सिमराको शनिवार भएको सर्वदलीय भेलाले नयाँ कार्यसमिति चयनको लागि हुन लागेको निर्वाचनमा मदनबहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्य निर्वाचन मण्डल गठन गरेको छ ।

समितिका पदाधिकारी र सदस्यको कार्यकाल पूरा भएकोले नयाँ कार्यसमिति चयन गर्न हुन लागेको निर्वाचन सम्पन्न गर्न क्षेत्रीको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरिएको हो ।

संचालक समितिको कार्यअवधि सकिएको भएपनि नयाँ समितिको निर्वाचन नहुन्जेलसम्म निर्वाचन समितिको सिफारिसमा दैनिक कार्य संञ्चालन गर्न पनि भेलाले निर्णय गरेको संयोजक क्षेत्रीले जानकारी दिनुभयो । भेलाबाट खानेपानी उपभोक्ता समितिका सदस्यहरुको सदस्यता नवीकरण गर्न माघ मसान्तसम्मको लागि समय अवधि थप गरिएको छ ।

कुल ४ हजार ५ सय उपभोक्ता सदस्य रहेको सिमरा खानेपानी समितिमा २ हजार ९ सय सदस्यले मात्र सदस्यता नवीकरण गराएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here