वीरगन्ज,वीरगन्जको नारायणी अस्पतालमा गरिएको पछिल्लो परीक्षणमा थप ५ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार साँझ सार्वजनिक गरिएको तथ्यांक अनुसार ९६ जनाको परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो र उनीहरु मध्ये २ जना पर्साका, २ जना बाराका तथा १ जना रौतहटका रहेको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा.सरोज रोशन दासले जानकारी दिनुभयो । उनीहरु मध्ये ४ जना पुरुष र एकजना महिला रहेका छन् । उनीहरुमा संक्रमण सार्न सक्ने सिटी भ्यालू २७.७ देखि ३२.८ रहेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६,९५१ रहेको छ भने ९२ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here