निजगढ,नेकपा एमाले निकट विद्यार्थी संघठन अनेरास्ववियु निजगढ नगर कमिटीले शनिवार निजगढको पर्यटकीय क्षेत्र मोहोरी पार्कको सरसफाइ गरेको छ । विद्यार्थीहरुले सो क्षेत्रमा पहिलो चरणको कार्यक्रम अन्तर्गत झाडी फडानी र फोहोर फ्यालेर सफाइ गरेका हुन ।

अनेरास्ववियुले सो क्षेत्रको नियमित रुपमा सरसफाइ गर्ने योजना बनाएको नगर कमिटी अध्यक्ष विवश तिमल्सिनाले जानकारी दिनुभयो । सरसफाइ कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ (मुना), अनेरास्वविय जिल्ला कमिटी बाराका अध्यक्ष श्यामकृष्ण घिमिरे, विद्यार्थी नेताहरु घनश्याम तिमल्सिना, निर्मल बजगाई, प्रबेस शर्मा, प्रसान्त लामा, रोशन तिमल्सिना र निरोज खतिवडालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply