मनहर्वा,परवानीपुर गाउँपालिकामा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । परवानीपुर गाउँपालिका वडा नम्बर– ५ बहुअरी बस्ने उपेन्द्रप्रसाद पटेलको छोरा ११ वर्षीय प्रिन्स पटेलको करेन्ट लागेर घरमै मृत्यु भएको हो ।
घरमा जडान भएको मोटर चलाउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उपचारका लागि वीरगन्जस्थित मेडिसिटी बयोधा अस्पतालमा पठाइएको र उपचारको क्रममा अस्पतालले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।