नरेश गुप्ता,
बरियारपुर,बाराको पचरौता नगरपालिकामा लङ्गडा चोकस्थित हुलाकी राजमार्गको पुल भाँसिदा दुई दिनदेखि सवारीसाधन आवागमन अबरुद्ध भएको छ । अस्थायी ट्राफिक बिटबाट तीन सय मिटर पश्चिमतर्फ पर्ने सो पुल भत्केपछि ठूला र साना सबारीसाधनको आवतजावत अवरुद्ध भएको ट्राफिक प्रहरी सहायक निरीक्षक दिपक बस्नेतले जानकारी दिनुभयो । विगत केही दिनदेखि भएको अत्याधिक बर्षाले थङ्गथिलो बनेको पुल भत्किएपछि आइतबारबाट यातायात अवरुद्ध बनेको हो । माथिल्लो भागको ढलान फुटेर पुल भत्किएको हो । पुलबाट हाल साना सवारी साधन र पैदल यात्रीले मात्रै आवतजावत गर्दै आएका छन । सो मार्गबाट वीरगन्ज र कलैयाबाट जिल्लाको पूर्वी क्षेत्रमा पर्ने दर्जनौं पालिका र रौतहटका विभिन्न पालिकामाको लागि यात्रु बहाक बस चल्दै आएका छन । सडक अवरुद्ध बनेपछि जिल्लाको पूर्वी भेगमा चल्ने बस सेवा अवरुद्ध बनेको छ ।
हुलाकी मार्गमा नयाँ सडक निर्माण भएपनि जीर्ण अवस्थामा रहेको पुरानो पुलको मर्मत नगरी सबारीसाधन चलाउन थलिएपछि अविरल बर्षपछि पुल भत्किएको स्थानीयहरुले बताएका छन ।