सिमरा,बाराको अमलेखगञ्जस्थित ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक पुज्य बिसीले बोकेको पेस्तोल हराएको छ । जीतपुरसिमरा उपमहानगारपालिका वडा नम्बर २२ स्थित चकरी जंगल क्षेत्रबाट बिसीले बोकेको पेस्तोल सोमवार हराएको हो ।

उक्त पेस्तोलमा १० राउण्ड गोली लोड रहेको छ । लागूऔषध गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि बिसीको नेतृत्वमा प्रहरीको टोली चकरी क्षेत्रको जंगलमा पुगेको थियो । सोही क्रममा गाँजा तस्करलाई लखेट्ने क्रममा पेस्तोल हराएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताउनुभयो ।‘गाँजा तस्करहरुमाथि अपरेशनको क्रममा पेस्तोल हराएको भन्ने जानकारी आएको छ’ प्रवक्ता न्यौपानेले भन्नुभयो, ‘अहिले उक्त पेस्तोलको खोजी गर्ने काम भईरहेको छ ।’ प्रहरीको टोलीले चकरी जंगल क्षेत्रमा पेस्तोल खोजी गरिरहेको हो ।

Leave a Reply