कृपा संवाददाता
निजगढ, २१ कार्तिक । नेपालको दार्चुला जिल्लामा अवस्थित लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा राखेको विरोधमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको युवा संगठन राष्ट्रिय युवा संगठन निजगढ नगर कमिटिले बिहिबार प्रदर्शन गरेको छ ।

 

सनराइज मार्केटबाट शुरु भएको प्रदर्शन शहीद चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । प्रदर्शनकारीले अतिक्रमति भुमि फिर्ता गर, भारतीय विस्तारवाद मुर्दावाद, ब्याक अफ इण्डिया जस्ता नारा लेखिएका प्लेकार्ड र व्यानर बोकेका थिए । सभामा राष्ट्रिय युवा संघ नेपालका प्रदेश नम्बर २ का इन्चार्ज धु्रव यादव, र बारा जिल्ला अध्यक्ष अध्यक्ष विजय यादवले भारतले अतिक्रमण गरेको नेपाली भुमी फिर्ता गर्न माग गरेका थिए ।

 

कार्यक्रममा बोल्दै प्रदेश इन्जार्ज यादवले नेपाली भुमी रक्षाको लागि आफुहरु जस्तो सुकै संघर्ष गर्न पनि पछि नपर्ने बताउनुभयो । प्रदर्शनमा निजगढ नगरपालिका उपप्रमख लिलादेवी लामिछाने, नेकपा जिल्ला कमिटी सदस्य एकबहादुर श्रेष्ठ, नगर अध्यक्ष दिलबहादुर लामा, राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव युवराज लामा, युवा संध नेपाल निजगढका अध्यक्ष माधव न्यौपनेलगायत नेकपाका स्थानीय नेता कार्यकर्ताको सहभागी बनेका थिए । कार्यक्रमको संचालन तिलक घलानले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here