जियालाल चौधरी

कोल्हबी,३ महिनाअघि चोरी भएको एउटा मोटरसाइकल फेला पारी बारा प्रहरीले शुक्रबार धनीको जिम्मा लगाएको छ ।

प्रहरीले महागढीमाई नगरपालिका वडा नम्बर १० गंजभवानीपुरका गौरीशंकर साहको घरबाटै चोरीको मोटरसाइकल फेला पारी धनीलाई बुझाएको हो ।

महागढीमाई नगरपालिका वडा नम्बर १० गंजभवानीपुरबाट गत असोज २ गते दिउसो करिव १ बजेको समयमा साहको नाममा रहेको १५० सिसिको बा ८४ प २७८१ नम्बरको कालो रंगको पल्सर मोटरसाईकल घरबाट चोरी भएको थियो । बारागढी प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले असोज ९ गते करैयामाई गाउँपालिका वडा नम्बर ७ स्थित बारागढीमाई मन्दिर नजिकबाट बेवारिसे अवस्था उक्त मोटरसाइकल फेला ईलाका प्रहरी कार्यालय कोल्हबीमा ल्याएर राखिएको थियो । खोजतलासको क्रममा फेला परेको सो मोटरसाइकल धनीलाई साहलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here