खासगरी विश्वका प्रसिद्ध शहर भौतिक निर्माणका कारण सयौं वर्षसम्म प्रसिद्धिमा रहेको पाइन्छ । सम्बृद्ध मुलुकको पहिचानमा कलात्मक निर्माण र त्यसको भव्यताको पक्ष एकातिर रहन्छ भने सबलताको पक्ष अर्कातिर । सडक, पुल, भवन, स्मारक, पार्क आदि भौतिक निर्माण एकपटक बनेपछि पुस्तौंसम्म रहिरहन्छ । रहनु पनि पर्छ । किनभने मुलुक र मुलुकबासीको परिचय र पहिचानमा त्यस्ता स्मारक तथा भौतिक निर्माणको भूमिका रहन्छ ।

त्यसैले कस्ता कच्चा सामग्रीबाट भौतिक विकास सम्भव भएको हो भन्ने पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन्छ । नेपालमा सिंहदरबार मासको गेडा र चुनसमेतको प्रयोगबाट बनेको थियो भन्ने सन्दर्भले ऐतिहासिक महत्व पाएको छ ।

पछिल्ला सन्दर्भमा सिमेन्ट, डण्डी, बालुवा आदिको गुणस्तर महत्वपूर्ण मानिन्छ । देशभित्र थुप्रै उद्योग(धन्दा सञ्चालनमा छन् । देशभित्र सञ्चालित उद्योग धन्दाहरूले सरकारको नियम पालना गर्नु अपरिहार्य छ । उद्योग(धन्दा सञ्चालन गर्न सरकारले तोेकेको कानुनी प्रक्रिया पूरा गर्नुपर्छ ।

सरकारसँग अनुमति लिँदा नै नियम(कानुन पालना गर्ने विषय समावेश गरिएको हुन्छ । मापदण्ड पालना नगरेको अवस्थामा सरकारले जति बेला पनि त्यस्ता कम्पनीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन सक्छ । सरकारले उद्योग सञ्चालनको अनुमति मात्र दिँदैन, ती उद्योगहरूको नियमित रूपमा अनुगमनमार्फत गुणस्तर परीक्षण पनि गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here