नरेश गुप्ता

बरियारपुर – बारामा प्रहरीले अवैध रुपमा भन्डारण गरिएको ५७ बोरा छोकडा बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल १२ नम्बर गण उत्तझिटकैयाको संयुक्त टोलीले सो परिणामको छोकडा बरामद गरेको हो ।

 

शनिबार साँझ ६ बजेको समयमा बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर २ टोल कान्तिपुरबाट अवैध रूपमा भन्डारण गरी राखिएको ५७ बोरा छोकडा छापा मारेर बरामद गरेको हो । बरामद छोकडा बीरगन्जका विभिन्न ठाउँबाट पिक अप गाडीमा लोड गरी विश्रामपुरमा ल्याइदैं थियो ।

 

स्थानीय गोपाल साह तेलीको घरमा भन्डारण गरी राखिएको विशेष सुचनाको आधारमा प्रहरीले छापा हानेको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जनकारी दिएका छन् । गोदामको कागजपत्र पनि नरहेको पण्डितले बताए ।
बरामद छोकडालाई आवश्यक कारवाहीको लागि बीरगन्ज भन्सारमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले बताएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here