नरेश गुप्ता
बरियारपुर,बैशाख ३० गते शुक्रवारको दिन हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन चौंथो अंगसहित सबैसंग जिल्ला प्रशासन कार्यालय बाराले आग्रह गरेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले चुनावलाई पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने सन्दर्भमा राज्यका सबै अंगहरु मिडिया र आम सचेत नागरिकको महत्वपूर्ण भुमिका रहेको उहाँले जानकारी दिनभएको छ । निर्वाचन सन्दर्भमा समाजिक मर्यादा र निर्वाचन आचारसंहिता विपरित श्रव्य, दृश्य टेलिभिजन, एफएम रेडियो, छापा पत्रपत्रिका, अन्लाईन मिडिया वा समाजिक संजालमा राजनीतिक दलका उम्मेदवार र मतदातामा खटिएका कर्मचारी, सुरक्षाकर्मी लगायत कसैलाई पनि लक्षित गरि गालिगलौज तथा भ्रामक सुचना प्रवाह नगर्न नगराउन उहाँले अनुरोध गर्नुभएको छ ।
साथै प्रचलित कानुन निर्वाचन आचारसंहिता एवम निर्वाचन विरोधी कुनै पनि गतिविधि गरिएको भेटिएमा कडा कारबाही गर्ने समेत जिल्ला प्रशासन कार्यालय बारालेज नाएको छ ।