निजगढ,लायन्स क्लब अफ निजगढ युथको नयाँ कार्यसमिति चयन भएको छ । क्लबको हालै सम्पन्न अधिवेशनबाट राजकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।कार्यक्रममा आगामी वर्षका लागि क्षेत्रीय अध्यक्ष (च्भनष्यल ऋजबष्चउभचकयल) विष्णुप्रसाद रिसाल, अञ्चल अध्यक्ष ) सुदर्शन दंगाल तथा चार्टर अध्यक्ष () अजित कोइरालाको विशेष उपस्थितिमा नयाँ कार्यसमितिको घोषणा गरिएको हो ।नवनिर्वाचित कार्यसमितिमा पहिलो उपाध्यक्षमा सुदर्शन थपलिया, दोस्रो उपाध्यक्षमा अंकित खड्का, तेस्रो उपाध्यक्षमा जगतबहादुर न्यौपाने चयन भएका छन् । क्लबका सचिव तथा प्रशासकको जिम्मेवारी इन्दीप कोइरालाले सम्हाल्नुहुने भएको छ भने कोषाध्यक्षमा दिनेश परियार चयन हुनुभएको छ ।
त्यसैगरी, क्लब एलसीआईएफ कोअर्डिनेटरमा अविनाश सापकोटा, सदस्यता अध्यक्षमा जनककुमार श्रेष्ठ, सेवा अध्यक्षमा सोम माया थिङ र मार्केटिङ अध्यक्षमा अजय श्रेष्ठ चयन भएका छन् । क्लब निर्देशकमा सरिता सापकोटा, राजुप्रसाद चौलागाईं, रियाहाना रिसाल, सन्तोष कर्ण र रुपक गौतम रहेका छन् ।

कार्यक्रमका अतिथिहरूले नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै सामाजिक सेवा र लायनिजमको मूल मर्मलाई आत्मसात गर्दै अघि बढ्न आग्रह गरेका थिए ।सोही अवसरमा क्लबका वर्तमान अध्यक्ष अविनाश सापकोटालाई क्लबको प्रगतिमा पु¥याएको योगदानप्रति विशेष सम्मानसहित “विशेष धन्यवाद तथा कदरपत्र” प्रदान गरिएको थियो । उहाँको नेतृत्वमा क्लबले स्वास्थ्य शिविर, वृक्षारोपण, रक्तदान, विद्यालयमा सहयोग लगायतका उल्लेखनीय सामाजिक कार्यक्रमहरू सम्पन्न भएको भन्दै कार्यक्रमका सहभागी सबैले प्रशंसा गरेका थिए ।नवगठित कार्यसमितिले सामासेवाको कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै नियमित गतिविधि सञ्चालन गरिने जनाएको छ ।
















