करिब दुई हप्ता अगाडि बन मंत्री भएका प्रदीप यादवले पर्सा र यस आसपासका नागरिकहरुका लागि भने खुसीको खबर दिएका छन् अगवा उनले केही गर्ने सोच बनाएका छन् । यो यस क्षेत्रका नागरिकहरुका लागि भने राम्रो कुरा हो । खासगरी मंत्री यादवले प्राकृतिक चिडियाखाना संचालन गर्ने बताएका छन् । उनले योजना पनि बनाएका छन् ।

हुनत बारा,पर्सामा चिडियाखाना कत्तिको आवश्यक छ भनेर यसको फरक हिसावले समीक्षा होला नै तर आन्तरिक तथा बाहिरी पर्यटक प्रवद्र्धनका लागि भने चिडियाखना आवश्यक छ । मंत्री यादवका कारण पनि चिडियाखाना संचालनमा आउनु भनेको यस क्षेत्रका लागि गर्वको कुरा हो ।

तर, यस क्षेत्रको सवालमा कुरा गर्ने हो भने चैं यस्ता महत्वपूर्ण सम्पदाहरुको संरक्षण नभएर त्यसै खेर गइरहेको देखिन्छ । यस्ता महत्वपूर्ण सम्पदाहरु बनेर पनि तराई मधेशमा त्यसै खेर गइरहेको पनि देखिन्छ । त्यसैले पनि यस्ता बिषयमा स्थानीयहरु सचेत हुन जरुरी छ र यस्ता चीजको संरक्षण गर्न आवश्यक छ ।

 

 

Leave a Reply