रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले बाराको कोल्हवीमा प्रथम नगर गठन गरेको छ । बुधबार कोल्हवीमा एक कार्यक्रमको आयोजना गरी जिल्लाकै पहिलो नगर कमिटी गठन गर्नरिएको बारे नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीबाट मधेश प्रदेशमा सामानुपातिक मधेश प्रदेश सदस्य उर्मिला देवी सिंह , पार्टीका नेतृ राधा कुमारी चौधरी , भुवन थारु लगायतको नेतारुको विशेष उपस्थिती रहेको थियो । सो कमिटी गठन कार्यक्रममा विभिन्न राजनितिक दलमा लागेका कार्यकार्ताहरु पार्टी परित्याग गराई कार्यक्रमा अबिर तथा खादा लगाइर सम्मान गरेको बारे नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
त्यसैगरी नवगठित नगर कार्यसमितिका पदाधिकारीहरुलाई समेत अबिर तथा खादा लगाएर बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको पार्टीका नेतृ राधा कुमारी चौधरीले जानकारी गराउनुभयो । नेतृ चौधरीले अझै थप्दै भन्नुभयो , बाराको हरेक पालिकामा तथा प्रदेशको हरेक जिल्लाको वडा देखि पालिका स्तरको कमिटी गर्ने दौरानमा रहेको जिकिर गर्नुभयो ।