राजनकुमार बानिया,
पोखरिया, १० भदौँ– प्रहरीले पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट लागु औषध ८ केजी चरेस र चरेसको धुलोसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय वीरगंजबाट गएको प्रहरी टोलील मनिअर्वा गाउँ नजिकबाट पटेर्वासुगौली गाउँपालिका वडा नम्बर– ५ देउरिया बस्ने ४५ वर्षिय रामचन्द्र राय थारु र सोही गाउँ बस्ने ५० बर्षिय जनार्दन ओझइया थारुलाई चरेससहित पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेटको बि आर २२ एजी ७३७२ अपाची मोटरसाइकमा सोनवर्सा गाउँबाट मुडली टिनडोबिया गाउँतर्फ जादै गरेको सुचनाको अधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । चरेससहित पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएको छ ।