कलैया,कलैया अस्पतालका एक चिकित्सकको नीजी गाडी जलाएको अभियोगमा संविधानसभा सदस्य तथा जसपाका केन्द्रीय सदस्य प्रमोद गुप्तासहित दुई जनालाई बारा जिल्ला अदालतले बिहीबार बेलुका वीरगन्ज कारागार चलान गरेको छ । तेस्रो मधेस आन्दोलनको क्रममा भएको घटनाको मुद्दामा अदालतले गुप्तास“गै जसपाका स्थानीय युवा नेता अरुण सिंहलाई पनि जेल चलान गर्ने निर्णय सुनाएको हो । अदालतमा हाजिर हुन जानुभएका गुप्ता र सिंहलाई प्रहरी बोलाएर वीरगन्ज कारागार पठाइएको थियो ।

तेस्रो मधेश आन्दोलनको क्रममा २०७४ माघमा प्रहरीको गोली लागी कलैयास्थित भरत चोकमा स्थानीय हिफाजत मिया“को निधन भएपछि उनको पोस्टमार्टम रिपोर्टमा चिकित्सकले गलत बिवरण लेखेको भन्दै असपतालमा मधेसवादी दलका कार्यकर्ताहरुले प्रदर्शन गरेको र आन्दोलनकारीहरुले चिकित्सक शैलेश झाको नीजि कारसमेत जलाएका थिए । सोही आरोपमा प्रहरीले सभासद गुप्ता र स्थानीय युवा नेता सिंहको नेतृत्वमा गाडी जलाइएको भन्दै उहाँहरुमाथि मुद्दा चलाएको थियो ।

सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नम्बर ३ घर भइ कलैया अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेड झाको जाहेरीको आधारमा उहाँहरुमाथि मुद्दा चलाइएको हो । त्यसपछि अदालतले एकतर्फी रुपमा दुबैलाई जनही ६÷६ महिना कैद र पीडितलाई ९ लाख ८३ हजार ३ सय ३३ रुपैया“ ३३ पैसा क्षतिपुर्ति भराउने गरी २०७४ माघ २५ मा सजायको फैसला गरेको थियो ।

मुलुकी ऐन, आगो लगाउने महलको १ र ४ बमोजिम फैसला गरिएको अदालतले जनाएको छ । अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गर्न दुबैलाई कारागार पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम श्रेष्ठले अदालतको आदेशमा बिहीबार १० बजे राती उनीहरुलाई कारागार पठाइएको पुष्टि गर्नुभयो । सभासद गुप्ताले राजनीतिक पुर्वाग्रहमा मुद्दा लगाइएको भन्दै खारेज गराउन पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समक्ष पटकपटक आग्रह गर्नुभएको थियो । तर अध्यक्ष यादवले त्यसमा रुची नदेखाएको जसपाका स्थानीय एक नेताले बताएका छन । यसैबीच जनता समाजवादी पार्टी (जसपा)का सांसद अनिल झाले एउटा मुद्दामा रहेका दुईजना नेता÷कार्यकर्तालाई कलैयाबाट प्रहरीले पक्राउ गरेको भन्दै प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ ।

Leave a Reply