नरेश गुप्ता

बरियारपुर,बाराको कलैया उपमहानगरपालिकाका ९ वटा फर्मलाई कारबाही गरिएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कसुर गरेको हुँदा सोही ऐनको दफा ३९ बमोजिम ९ वटा फर्मलाई कारबाही स्वरुप जरिवाना गरिएको हो ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज पर्साले जिल्ला प्रशासन कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय बारा, गुणस्तर तथा नापतौल कार्यालय पर्सा, घरेलु ता साना उद्योग कार्यालय बारा, उद्योग वाणिज्य संघ बारासहितको टोलीले कलैया बजार अनुगमन गरेको हो ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका निरीक्षण अधिकृत नमोनाथप्रसाद यादव नेतृत्वको अनुगमन टोलीले खरिद बिलनदेखाउने कलैया वडा नम्बर १ स्थित पोशाक इम्पोरियम र खुश्बु सीड सेन्टरलाई २०÷२० हजार जरिवाना गरेको छ ।

यस्तै अनुगमन कार्यमा असहयोग गर्ने कलैया वडा नम्बर १ को न्यु नबिन बस्त्रालयलाई १० हजार, खरिद बिल नदेखाउने जवाहर लाल हार्डवेयरलाई ५ हजार, गौरीशंकर सप्लार्यसलाई ५ हजार, चौधरी किराना पसललाई ५ हजार, पियंका रेडिमेड जेनरल स्टोरलाई १० हजार र जय बाबा अमरनाथ किराना भण्डारलाई ३ हजार रुपैयाँ जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिनुभयो ।

खत्वेका अनुसारश्री क्यान बस्त्रालयलाई पनि सम्झाई बुझाई गरिएको छ । जरिवानाबापतको ७८ हजार रुपैयाँ ७ दिनभित्र राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन दिइएको खत्वेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here