नरेश गुप्ता,

बरियारपुर,बारा जिल्लाको सुवर्ण गाउँपालिकामा खेतमा काम गर्न गएका एक किसानको चट्याङ्ग लागेर शुक्रवार दिउँसो मृत्यु भएको छ ।

वर्षासँगै चट्याङ पर्दा सुवर्ण गाउँपालिका वडा नम्बर ७ सनफुलुवास्थित आफ्नो खेतमा काम गरिरहेका २० वर्षीय धिरजप्रसाद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्त एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेश थापाका अनुसार खेतमा काम गरिरहेको बेला अचानक चट्याङ् लागि यादवको घटनामै मृत्यु भएको थियो ।

चट्याङबाट अन्य एक बालिकासहित दुईजना घाइते पनि भएको डिएसपी थापाले बताउनुभयो । उनीहरु पनि यादवसँगै खेतमा काम गरिरहेका थिए ।घाइते हुनेमा स्थानीय २८ वर्षीय नेतालाल पण्डित र भरोशा यादवकी छोरी ८ वर्षीय छोरी रुवी कुमारी रहेका छन् । घाइतेहरुको हाल स्थानीय अस्पतालमा उपचार चलिरहेको र उनीहरुको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply