सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका अन्तर्गत रहेका १ दर्जन लघुबित्त सस्ंथाको कार्यलयहरुमा सेवाग्राहीले आइतवार ताला लगाएका छन् । सेवाग्राहीहरुको एउटा समुहले सिम्रौनगढ वडा नम्बर ६ र ७ मा पर्ने एक दर्जन लघुबित्त सस्ंथाको कार्यलयमा ताला लगाएका हुन् ।सेवाग्राहरुले सिम्रौनगढ बजारमा लघुबित्त किस्ता आतंक बन्द गर, किस्ता उठाउन पाईदैन, दलित उठिबास बन्द गर, १ लाखदेखि २० लाख मुनिको कर्जा माफ गर लगायतको नारा सहित जुलुस प्रदर्शनपछि लघुबित्त संस्थाको कार्यालयमा पुगेर तालबान्दी गरेका थिए ।सेवाग्राहीले निर्धन उत्थान लघुबित्त सस्ंथा, इन्फिनिटी लघुबित्त सस्ंथा, सबैको लघुबित्त सस्ंथा, समता घरेलु लघुबित्त सस्ंथा, साना किसान, राष्ट्र उत्थान, निरोडे, सारथी, स्वरोजगार लगायतका लघुबित्त सस्ंथामा तालाबन्दी गरेका हुन् ।साझा जागरण अभियान काठमाडौको आयोजना र स्थानीय चन्दन पासवानको नेतृत्वमा निकालिएको प्रदर्शनमा सुमित्रा देवी यादव, रेखा देवी सिंह, जिन्दु देवी पासवान लगायतका ३०० जना महिलाको सहभागिता थियो ।



















