चितवनको भरतपुर महानगरपालिका यसपाली पनि चर्चामा छ । माओवादीका अध्यक्ष प्रचण्ड पुत्री जिताउनका लागि भरतपुरमा चुनावी गठबन्धन गर्नै पर्ने भयो र जसका कारण देशभर चुनावी तालमेल भयो भन्नेहरुको जमात पनि बढी छ ।
राजनीतिको केन्द्रबिन्दु भरतपुर र काठमाडौं हुने कुरा स्वभाविक नै हो । यसमा अन्यथा लिनुपर्ने कुरा छैन । यद्यपि अघिल्लो चुनावको जस्तो सजिलो भरतपुरमा पनि नहुने परिस्थिति बनेको देखिन्छ ।
पटक पटक भरतपुर माओवादीलाई छाड्दा त्यहाँ काँग्रेसका नै बागी उम्मेदवार उठेका छन् । उनलाई मनाउनका लागि ठूलै शक्ति लागि परेको छ । तर त्यो शक्तिले बिहीबार बेलुकासम्म खासै काम गरेको देखिदैन । उनको उम्मेदवार शुक्रबार फिर्ता भएन भने प्रचण्ड पुत्री रेनुलाई भरतपुरमा चुनाव जित्न सहज भने छैन ।
तर, रेनुले फेरि पाँच वर्षमा भरतपुरमा केही नगरेको पनि पक्कै नहोला । प्रचण्डको राजनीतिक भविष्यसंग र स्वयम् गठबन्धनको दलका नेताहरुको पनि नाकका सवाल भएकाले भरतपुरमा रेनुको पराजयलाई सहज रुपमा आँकलन गर्न सकिदैन । उनको पराजय संभव छैन । यदि पराजय हुने अवस्था आए त्यहाँ जे पनि हुनेछ । त्यसैले बागीले भोट काटेपनि कतिपय स्थानमा सहज होला भने कतिमा असहज छ तर बागी उम्मेदवार हुनु भनेको चैं दलहरुकै कारण हो ।