राजकुमार यादव
मौलापुर,रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित हुनु भएका स्वतन्त्र उमेदबार प्रभु साहको धन्यवाद सहित विजय र्यालीमा हजारौं सर्वसाधारणको उपस्थिति रहेको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि साहले मतदाताहरूलाई धन्यवाद दिन र विजय उत्सव मनाउन शनिबार दिनभर ¥याली आयोजना गर्नुभएको थियो ।
साहको आफ्नै निवास मौलापुरबाट बिहान साढे ९ बजे निस्केको जुलुश क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने पतौरा –टिकुलिया– कर्कच –उचीडीह –गोनाही –धरहरी – पोठियाही –शिवनगर –जेठरहिया –अमरपट्टी लक्ष्मीपुर –कटहरियामा पुगेको थियो । साहले मतदातालाई धन्यवाद व्यक्त गर्न शुक्रबारदेखि नै र्याली निकाल्न सुरु गर्नुभएको हो ।
र्यालीमा सहभागी रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा निर्वाचित साह, प्रदेश सभा (क) बाट नवनिर्वाचित केशव चौधरी र (ख) बाट निकटतम प्रतिद्वन्दी कुन्दन कुशवाहालाई क्षेत्रका विभिन्न स्थानमा मतदाताले स्वागत गरेका थिए ।
स्वतन्त्र उम्मेदवार प्रभु साह ३२ हजार ४३७ मतका साथ विजयी हुनुभएको छ । सो क्षेत्रमा अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश साहले २५ हजार दुई सय, नेकपा माओवादीका उम्मेदवार रविन्द्र पटेलले आठ हजार पाँच सय ५८ मत पाएका थिए ।
यस्तै रौतहट प्रदेश सभातर्फ निर्वाचन क्षेत्र ३ (क) बाट स्वतन्त्र उम्मेदवार केशवराय चौधरी निर्वाचित हुनुभएको छ । प्रभु साहको साथ पाउनुभएका केशवले नेकपा एमाले र जसपा गठबन्धनबाट उम्मेदवार जसपाकी पूजा चौधरीलाई २१२३ मतले उछिन्दै विजयी हुनुभएको हो ।