कोल्हबी । कोल्हबी नगर उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत १५० वटा मतपत्र गणना गर्दा विभिन्न पदमा रोचक प्रतिस्पर्धा देखिएको छ ।

अध्यक्ष पदमा राम प्रसाद प्रसाईंले ८४ मतसहित अग्रता कायम राखेका छन् भने लक्ष्मी प्रसाद साह कलवारले ४५ र प्रमोद साहले १९ मत प्राप्त गरेका छन् ।

वाणिज्यतर्फ उपाध्यक्ष पदमा प्रेम नारायण चौधरी  ९० मतसहित अगाडि छन् भने प्रहलाद साह तेलीले ५१ र कैलाश साह तेलीले ८ मत पाएका छन् ।

उद्योगतर्फ उपाध्यक्षमा बिनोद साह ५६ मतसहित अग्रपंक्तिमा छन् भने रमेश बिश्वकर्मा ५४ र धनी शंकर ३७ मतमा सीमित भएका छन् ।

महासचिव पदमा हरिओम कुमार साह ८७ मतसहित अगाडि छन् भने उनका निकटतम प्रतिस्पर्धी शम्भु साह कलवारले ६० मत पाएका छन् ।

कोषाध्यक्षमा प्रेम कुमारी चौधरीले ६१ मत ल्याएर अग्रता लिएकी छन् भने राजु लामाले ४९ र राजन कुमार जैसवालले ३६ मत ल्याएका छन् ।

सचिव पदतर्फ बिरेन्द्र गुप्ता ७० मतसहित अगाडि छन् भने राजकुमार साहले ४० र सुनिल कुमार साहले ३७ मत ल्याएका छन् ।

उद्योगतर्फ सदस्यमा भने कडा प्रतिस्पर्धा देखिएको छ । सुबास मैनालीले ७२ मत ल्याएर अलिकति अग्रता लिएका छन् भने सुरेश कुमार दासले ७१ मत पाएका छन् । यसैबीच निर्वाचन परिणामलाई लिएर उम्मेदवार तथा समर्थकहरूबीच चहलपहल बढेको छ । बाँकी मत गणना जारी रहेको छ ।

Leave a Reply