नरेश गुप्ता

बरियारपुर,प्रादेशिक अस्पताल कलैयामा हाड, जोर्नी र हिप प्रत्यारोपण सम्बन्धि एकजना विरामीको शल्यक्रिया सफल भएको छ ।

प्रादेशिक अस्पताल कलैयाका अर्थो तथा नशा रोग विशेषज्ञ डा चन्द्रभुषण यादवले बिरामीको हाड, जोर्नी, हिप रिपलेसमेन्ट, पलेटिङ्ग, नेलिङ्ग शल्यक्रियामा डेढ घन्टा लगाएर सफल पार्नुभएको हो ।

कलैया अस्पतालमा हार्ड, जोर्नी र नशा रोग सम्बन्धि चेकजाँचको लागि उपकरण तथा शल्यक्रियाको लागि उचित व्यवस्थापन भएपछि बारा, रौतहट लगायत सिमा क्षेत्रबाट दैनिकी ४० देखि ६० जनासम्म बिरामी नियमित रुपमा सेवा लिन आउन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा गौरव महतोले जानकारी दिनुभयो । अस्पतालमा चालु आर्थिक वर्षको पुषदेखि असार मसान्तसम्म हाड जोर्नी, हिप र रिपलेसमेन्ट सम्बन्धि ६० जनाको शल्यक्रिया सफल भइसकेको मेसु महतोले जानकारी दिनुभयो ।

यसक्रममा रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ५ निवासी वर्ष ७५ कीे पशुपतिया खातुन तथा महागढीमाई नगरपालिका वडा नम्बर २ निवासी रामदेव साहको हिप प्रत्यारोपण गरिएको छ ।

त्यसैगरी बाराको देवताल गाउँपालिका निवासी वर्ष ६८ की सुमिता देबीको खुट्टाको शल्यक्रिया गरि पलेटिङ्ग गरिएको पनि उहाँले बताउनुभयो । प्रादेशिक अस्पताल कलैयाले डा. चन्द्रभुषण यादवमार्फत अर्थो सम्बन्धि सम्पुर्ण सेवा दिन थालेपछि बिरामीहरुले सुलभ रुपमा उपचार सेवा प्राप्त गरेका हुन ।

Leave a Reply