रौतहट,रौतहटको चन्द्रनिगाहपुरका एक महिलामाथि शनिबार साँझ एसिड आक्रमण भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ की ३८ वर्षका दिपिका विकमाथि उहाँको श्रीमानले एसिड प्रहार गरेका हुन ।

पीडित महिलाकोे एपोलो सिटी अस्पताल चन्द्रपुरमा उपचार भइरहेको जनाइएको छ । पिडित महिलाको शरीरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालका प्रबन्ध निर्देशक अमर ठाकुरले बताउनुभयो । एसिड प्रहारबाट पिडित महिलाको देब्रे हात र पेटमा घाउ भएको छ । सामान्य घराँयसी विवादमा श्रीमान दिपकले साँझ ६ बजे एसिड आक्रमण गरेको पीडित दिपिकाले बताउनुभएको छ । विवादपछि घर बाहिर निस्केका दिपकले बोतलमा ल्याएको एसिड छ्याप्ने प्रयास गरेपछि एसिड खोस्ने क्रममा हातमा र मुखमा एसिड परेको पीडितले महिलाले बताउनुभयो । श्रीमतिलाई एसिड आक्रमण गर्ने ४२ वर्षिय दिपकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताउनुभयो । पक्राउ परेका दिपकमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply