पुष्पराज खतिवडा
मनहर्वा,साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बाराले आफ्ना २ सय ५० जनाभन्दा बढी महिला सदस्यलाई ३ दिने वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम दिएको छ ।
जीतपुरसिमरा उपमहानगगरपालिका वडा नम्बर– १८ मा रहेको सहकारीले नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) सँगको सहकार्यमा तालिम संचालन गरेको हो ।
कार्यक्रम अन्तरगत संस्थाले आर्थिक रुपमा पछाडि परेका समुदायका महिलाहरुलाई २५ जनाको समुह बनाएर विभिन्न १० स्थानमा ३ दिनसम्म तालिम दिएको हो ।
तालिमका सहभागीहरुलाई पैसाको सदुपयोग, आय आर्जन गर्ने विधि र खर्चमा मितव्ययी बन्ने तरिका लगायत विषयमा संस्था कर्मचारी मुकुन्दराज यादवले सहजीकरण गर्नु भएको हो ।
कलैया उपमहानगरपालिको वडा नम्बर २४ को श्रीपुर, १६ को मझौलिया, झिट्कैँया, सोनरनिया र दोहरीमा तालिम भएको हो । यसैगरी वडा नम्बर ४ को कलैया ँ र वडा नम्बर २६ को महेशपुरमा समेत तालिम संचालन भएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयोे । गत चैत्र ११ बाट सुरु भएको तालिम २०७९ असार ११ गते सम्पन्न भएको उहाँले बताउनुभयो ।