सिकिन्द्र साह
सिम्रौनगढ,नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सिम्रौनगढले हुकिङ गरी विद्युत चोरी गर्ने १८ जनालाई पक्राउ गरेको छ ।
विद्युत चोरी नियन्त्रण गर्न सिम्रौनगढ वितरण केन्द्रबाट खटेका कर्मचारीहरुले सिम्रौनगढ, पचरौता र कोल्हबी नगरपालिका तथा आदर्शकोतवाल गाँपालिकाबाट बिहीबार राति विद्युत चारी गर्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्राधिकरणका कर्मचारी र जनपद र सशस्त्र प्रहरीको संयुक्त टोलीले विद्युत चोरी गर्ने स्थानीय १८ जनालाई पक्राउ गरि आवश्यक कारबाही अगाडि बढाइएको वितरण केन्द्रका प्रमुख मनोजकुमार झाले बताउनु भएको छ ।
त्यसैगरी वितरण केन्द्रले विद्युतको राजश्व बापत पचास हजार रुपैयाभन्दा बढी बक्यौता रहेका उपभोक्ताको घरबाट विद्युत लाइन काटने काम पनि थालिएको कार्यालय प्रमुख झाले जानकारी दिनुभयो ।
विद्युत चुहावट बढेपछि नियन्त्रणको लागि सिम्रौनगढ वितरण केन्द्रले पछिल्लो समय सक्रियता बढाउदै आएको छ ।