पुष्पराज खतिवडा
बारा
१२ चैत्र २०७७
प्रहरीले जिल्ला अदालत बाराको फैसला कार्यान्वयका क्रममा २४ बर्षपछि एकजनालाई पक्राउ गरि सार्वजनिक छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं.६का वागड भनिने विनोद गिरी भएको प्रहरीले जनाएको छ । उनीमाथी चोरी मुद्दामा २०५३ साल श्रावण १७ गते जिल्ला अदालत बाराले १८ दिनको कैदको फैसला गरेको थियो । गाउँघरमै लुकिछिपी बस्दै आएको अवस्थामा विहिबार अपराहन्न उनी पक्राउ परेका प्रहरी प्रवक्ता डिएसपी गौतम् मिश्रले बताए ।
यस्तै आदालतको फैसला कार्यान्वयनका क्रममा अन्य दुई जनालाई समेत प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सोही क्रममा प्रहरीले विश्रामपुर गाउँपालिका ५का नथुनि मियाँ र महागढिमाई नगरपालिका ५का सन्देश ठाकुरलाई पक्राउ गरेको हो ।
नागरिता विवादको मुद्दामा मियाँलाई ०७४ चैत्र ७ मा जिल्ला अदालत बाराले २ बर्ष कैद र ३० हजार रुपैया सजाँय सुनाएको थियो । भने महागढिमाईका ठाकुरलाई सार्वजनिक अपराध गरेको आरोपमा ०७२ पौष २३ मा २ हजार रुपैंया जरिवाना सुनाएको थियो ।
मियाँ र ठाकुरलाई विहिबार गाउँघरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी मिश्रले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई आजै अदालतमा प्रस्तुत गराई कैद भुक्तानका लागि बीरगजं कारागार पठाईएको उनले बताए ।