जीतपुर,ट्राफिक साप्ताहको अवसरमा सोमवार केडिया आँखा अस्पतालसँगको समन्वयमा अस्थायी ट्राफिक प्रहरी पोष्ट जीतपुरले सवारी चालक र स्थानीय सर्वसाधारणको लागि निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले असार ६ गतेदेखि संचालन गरेको ट्राफिक सप्ताहको अवसर पारेर शिविर संचालन गरिएको हो ।शिविरमा ७० जना सवारी चालक र ५० जना स्थानीय सर्वसाधारणहरुको आँखा परीक्षण गरिएको थियो । केडिया आँखा अस्पतालका डाक्टर सन्तोष ठाकुरको नेतृत्वमा सम्पन्न भएको यस शिविरमा आँखाका रोगीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।ट्राफिक प्रहरी पोष्ट जीतपुरका प्रमुख प्रहरी सहायक निरीक्षक बबलु ठाकुरले शिविरबारे जानकारी दिँदै यस्तो कार्यक्रमले सवारी चालकहरु र सर्वसाधारणको आँखाको स्वास्थ्यमा सुधार र सवारी दुर्घटनामा पनि न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply