पुष्पराज खतिवडा

 

मनहर्वा, १९ साउन– बारा जिल्लामा कोरोना संक्रमित भएका १ महिलासहित २० जनाले आइसोलेशनमा बसेर उपचार लिदै आएका छन । जसमध्ये ३ जना पर्साको गण्डक कोरोना अस्थायी अस्पताल र १७ जनालाई सदरमुकाम कलैयास्थित गंगापुरमा राखेर उपचार गरिएको जिल्ला कोरोना फोकल पर्सन शंकर प्रसाद गुप्ताले जानकारी दिनुभयो ।

संक्रमित १ महिलामा वीरगजं–पथलैया औद्योगिक करिडोरको एक उद्योगमा कार्यरत जितपुरकी बासिन्दा भारतीय इन्जिनियर हुन । जिल्लामा अहिलेसम्म १ यस ८४ जना संक्रमित फेला परेको र १ सय ६४ जनालाई उपचारपछि डिस्चार्ज गरेर घर पठाइएको छ ।

यसै साता फेला परेकामा जीतपुर सिमराका ७, निजगढका २, प्रसौनीका १, आदर्शकोतवालका १, पचरौताका १ र १ भारतीय नागरिक (इन्जिनियर) लाई आइसोलेशनमा राखिएको हो । बाँकी ७ जना भने अघिल्लो साता फेला परेका स्वास्थ्यकर्मी र कर्मचारी छन । उपचाररत सबै संक्रमितको अवस्था सामान्य रहेको गुप्ताले बताउनुभयो ।

यो साता भेटिएका १३ जना मध्ये ४ जनाले आफ्नै खर्चमा वीरगजंमा स्वाव परीक्षण गराएका थिए । त्यस्तै, आइतबार जिल्ला अदालत बाराका न्यायधिशसहित ५२ र जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा रहेका १२ जना थुनुवासहित ६४ जनाको स्वाव ंसंकलन गरी परीक्षणकोलागि पठाइएको छ ।

जिल्लामा यो साता मात्रै ४ सय जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेर पठाइएकोमा १ सय ७१ जनाको रिपोर्ट आउन बाँकी रहेको गुप्ताले जानकारी दिनुभयो । वीरगजंमा पठाइएको स्वावको परीक्षण रिपोर्ट आउन ८÷१० दिन लाग्ने भएकोले आइतबारबाट संकलित स्वाव हेटौंडा पठाउन थालिएको उहाँ जानकारी दिनुभयो ।

अत्याधिक चाप र दिउँसोमात्रै परीक्षण गरिने हुँदा विरगजंबाट रिपोर्ट आउन ढिला हुने गरेको फोकल पर्सन गुप्ताले बताउनुभयो । उहाँकाअनुसार संक्रमण आशंकामा बारामा हाल ६९ जना क्वारेन्टाइनमा बसेका छन ।

जिल्लामा पिसिआर परीक्षणको माग उच्च रहेको तर १ यस ५० थान भिटिएममात्रै उपलब्ध भएकाले माग धान्न समस्या भइहेको उहाँले बताउनुभयो ।

Leave a Reply