निजगढ –  निजगढ नगरपालिका ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति गर्ने संघीय सरकारले निर्णय गरेको छ । स्थानीयतहमा एक अस्पतालको अवधारणा अनुरुप निजगढको प्राथमिक स्वास्थ्य केन्द्रलाई सरकारले १५ शैयाको अस्पताल बनाउन लागेको हो । १५ शैयाको अस्पतालमा बनाउन आवश्यकपूर्वाधार निर्माणका लागि आवश्यक जमिनलगायतका सूचकमा उपयूक्त देखिएकाले सरकारले निर्णय गरिसकेको निजगगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष एंव प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष सुदर्शनप्रसाद बडालले बताउनुभयो ।

 

 

 

 

सरकारले निर्णय गरिसकेकोले अब निजगढ नगरपालिकाले आवश्यक पहल गर्ने बताउनुभयो । गत फागुन ४ गतेको कार्यपालिकाको बैठकले पनि अस्पताल संचालन गर्नकालागि आवश्यक जनशक्ति, भौतिकपूर्वाधार तथा अन्य सामाग्रीहरु नेपाल सरकारसंग माग गर्ने निर्णय भएको पनि अध्यक्ष बडालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here