कलैया,प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले बाराको एक सय ४५ मतदान स्थललाई अति संवेदनशीलको सूचिमा राखेको छ । जिल्लाको तीन सय पाँच मतदान स्थलमध्ये झण्डै आधा मतदान स्थललाई प्रहरीले अति संवेदनशीलको सूचिमा राखेको हो ।

यसैगरी एक सय आठ स्थल संवेदनशील र ५२ स्थललाई सामान्य अवस्थामा राखिएको छ । पूर्वाधारका भौगोलिक अवस्था र पूर्वाधारलाई आधार बनाउँदै प्रहरीले मतदानस्थलको वर्गीकरण गरेको हो ।संवेदनशीलताका आधारमा प्रहरीले सुरक्षा रणनीति अपनाउने छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले वर्गिकरण अनुसार सुरक्षाकर्मी परिचालन गरिने बताउनुभयो ।

बाराको तीन सय आठ मतदानस्थलमा पाँच सय ८७ मतदान केन्द्र छन् । जिल्लाभर निर्वाचन सम्पन्न गर्नका लागि करिब एक हजार ६ सय नेपाल प्रहरी, दुई हजार ६ सय ३८ निर्वाचन प्रहरी परिचालन हुँदैछन् ।िनर्वाचनका लागि सात जना प्रहरी नायब उपरीक्षक, १३ जना प्रहरी निरीक्षकसहित सात सय ६३ प्रहरी थप मद्यतका लागि आएका छन् ।नेपाली सेना, सशस्त्र प्रहरीको छुट्टै सुरक्षा टोली परिचालन हुनेछन् ।

Leave a Reply